
विजय थापा
भर्जिनिया । अमेरिकाको क्यालिफोर्नियाको बर्कलीमा गत अगष्ट १० तारिख नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफोर्निया शाखाको पहलमा सात शिखर पर्वतारोही महिला टोलीलाई आर्थिक सहयोग संकलन गरेको छ ।
उएनडब्लुजीएन क्यालिफोर्निया शाखाकी अध्यक्ष बिष्णु गुरुङ (एकता)ले दिएको जानकारी अनुसार करिव पाँ लाख नेपाली रुपैया संकलन भएको छ ।
संस्थाकी अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आरोही डा. अर्लेन ब्लुम तथा बिशेष अतिथिमा बरिष्ट समाजसेवी ओल्गा मुर्री रहनु भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका संघसंस्थाका प्रतिनिधि, बरिष्ट समाजसेवीलगाएत लस एन्जलसका अतिथि, सम्प्रेषण टोली तथा समाजका सदस्यहरुले सहयोग गरेका थिए ।

कार्यक्रम सिन्धुपलान्चोकमा दिबंगत हुनेहरुलाई श्रदाञ्जली दिई मौन धारण गरी कार्यक्रमको शुरुवात गरिएको थियो । सात शिखर पर्वतारोही टोलीको स्वागतका लागि आयोजक टोली सप्तरंगी सारीमा सजिएका थिए भने कार्यक्रममा नेपाली सेलरोटी खुवाईएको थियो । माया गुरुङ र पेमा डिकी शेर्पाले सेभेन समिट वुमेन टिमका उदेश्य, अनुभव र आर्थिक सहयोगको बारेमा आफ्ना मन्तब्य राखेका थिए ।
साथै कार्यक्रममा आयोजक संस्थाबाट सात शिखर महिला पर्वतारोहीहरुलाई सामुहिक उपलब्धि पदक द्वारा सम्मान गरिएको थियो ।
वक्ताहरुले सात शिखर पर्वतारोही महिला टोलीलाई शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष गुरुङले पनि मन्तब्य राख्नु भएको थियो ।














प्रतिक्रिया