काठमाडौं । नेपाली अमेरिकन सम्बन्धलाई अझ सुमधुर र सृृदृढ बनाउने तथा अमेरिकी युवतीलाई नेपाल चिन्ने, बुझ्ने, प्रवद्र्धन गर्ने तथा नेपाललाई आफ्नो तर्फबाट सहयोग गर्न अभिप्रेरित बनाउने उद्देश्य अनुरुप इभेन्ट प्लानेट युएसले इप्लानेट प्रा ली नेपालसंगको सहकार्यमा आयोजना गरेको पाँचौं संस्करणको मिस नेपाल युएसमा पहिलो पटक मिस नेपाल युएस एम्बेसडरको छनौट गरिएको हो ।
प्रतियोगिताका लागि २५ जना अमेरिकी युवतीहरुले आवेदन दिएका थिए जसमा अन्तिम प्रतिस्पर्धाका लागि दश जना चयन गरिएको थियो । यो प्रतिस्पर्धामा अमेरिकामा जन्मेकी न्युजर्सी निवासी निशा कलामदनी पहिलो मिस नेपाल युएस एम्बेसडर २०१५ का रुपमा चयन भएकी हुन् । उनी गएको अगस्ट २२ तारिखमा न्युयोर्कस्थित न्युयोर्क सोसाइटी फर एथिकल कल्चरमा चयन गरिएकी हुन् । निशा हाई स्कूलका समयदेखि नै भोल्युन्टरी कार्यमा सक्रिय रहँदैै आएकी छिन् चाहे त्यो अटिज्म सजगता सम्बन्धी होस् वा रोबर्ट वुड जोनसन हस्पीटलका क्यान्सर विरामीहरु, न्युजर्सी स्थित भेटरान्स होम, भारतीय सैनिक, द लाइन्स क्लब लगायतमा सक्रिय सेवारत छिन् ।
निशा एक फेसन मोडल एवं अभिनेत्री पनि हुन् । उनले थुप्रै फेसन शोमा भारतीय तथा अमेरिकी फेसन डिजाइनरका लागि शो स्टपरका रुपमा काम गरिसकेकी छिन् । उनी केही अमेरिकी म्यागाजिनहरुमा पनि फिचर भइसकेकी छिन् । उनले केही फिचर फिल्म तथा छोटा चलचित्रमा समेत अभिनयको अनुभव संगालिसकेकी छिन् । उनी अभिनीत चलचित्र अनकमिटेडले द वल्र्ड इन्डी फिल्म फेस्टमा वेष्ट नेरेटिभ फिचरको अवार्ड पनि हात पारेको थियो । यही चलचित्रले जून २०१५ मा अनलाइन फिल्म फेस्टिभलमा वेष्ट फिचर फिल्मको अवार्ड पनि जितेको थियो ।

प्रथम मिस नेपाल युएएस एम्बेसडर निशा कलामदानी गत जून २२ तारिखमा आठ दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेकी हुन् । उनको यो भ्रमणलाई न्युयोर्कका लागि नेपालका महावाणिज्यदूत नारायणप्रसाद मैनालीको पहलमा नेपाल पर्यटन बोर्डले व्यवस्थापन र सहकार्य गरेको छ भने एयर इन्डियाले उनको हवाई यात्रालाई प्रायोजन गरेको हो ।
उनको भ्रमण मूलतः नेपालको पर्यटन प्रवद्र्धनमा केन्दि«त रहेको छ । नेपालबारे सचेतना, यहाँको सांस्कृतिक एवं प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय मंचमा प्रवद्र्धन गर्नुमा उनको यात्रा जोडिएको छ । उनको यो भ्रमण रिबिल्ड नेपाल प्रोजेक्ट सित पनि उत्तिकै महत्वपूर्ण रुपले जोडिएको छ । २०७२ सालको महाभूकम्पले प्रभावित भएकाहरुको जीवनमा सकरात्मक प्रभाव र सहयोग जुटाउने उद्देश्य अनुरुप यो भ्रमण भएको हो । भूकम्प पीडितहरुको सहयोगका लागि राहत संकलन र वितरण पनि यो भ्रमणको मुख्य पाटो हो ।
















प्रतिक्रिया