काठमाडौं, १४ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ र भ्रष्टाचारविरुद्ध गर्ने भनिएको सिंहदरबार घेराउको कार्यक्रममा सामान्य हेरफेर गरेको छ ।
‘विप्लव’ माओवादीका नेता तिलक मल्ल ‘क्षितज’का अनुसार सिंहदरबार घेराउ कार्यक्रमलाई सामान्य परिमार्जन गरिएको जानकारी दिनुभयो ।
‘सिंहदरबार घेराउको कार्यक्रममा सामान्य परिमार्जन गरिएको छ’, उहाँले भन्नुभयो, ‘अब नारावाजीसहित सिंहदरबारको गेटसम्म पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाउने छौँ । हाम्रा मागका विषयमा राज्यलाई जानकारी गराउने छौँ ।’
उहाँले अगाडि भन्नुभयो, ‘हाम्रा मागका विषयमा सरकार गम्भीर भएन, मुलुकमा भ्रष्टाचार, कालोबजारी, महँगी यथावत छ । हामी त्यसको अन्त्यको लागि सडक संघर्षमा छौँ । तस्करहरू जसले जनतालाई दुःख दिन्छन् उनीहरूका विपक्षमा सधैँ रहने छौँ । जनताको पक्षमा आवाज उठाउँदा पक्राउ परेका हाम्रा नेता तथा कार्यकर्ता रिहाइ गर्नका लागि दबाब दिन चाहन्छौँ ।’
एनसेलले कर नतिरेको भन्दै यसअघि भौतिक आक्रमण गरिसकेको ‘विप्लव’ माओवादीले विभिन्न जिल्लामा भ्रष्टाचार गरेको भन्दै कालोमोसो दल्नुका साथै कारबाही गर्दै आएको छ ।












प्रतिक्रिया