२६ कार्तिक २०८३, बिहिबार

रिले अनशन २२औँ दिनमा, कमाण्डर निर्जला राउत

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rile Ansanकाठमाडौं, १४ असार । संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गरिरहेको संघीय गठबन्धनको खुलामञ्चको रिले अनशन २२औँ दिनमा प्रवेश गरेको छ ।

२२औँ दिनको रिले अनशनको नेतृत्व राष्ट्रिय मधेस समाजवादी पार्टीकी वरिष्ठ नेता तथा सांसद निजला राउतले गर्नुभएको छ ।

रामसपाका प्रवक्ता केशव झाका अनुसार रिले अनशनमा सांसद राउतका साथै संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री हरिनारायण यादव, सद्भावना पार्टीकी नेतृ गायत्री साह, नेपाल सद्भावना पार्टीका नेता गोपाल तामाङ, फोरम गणतान्त्रिकका नेता कोपिला थापालगायत ३९ जना रहेका छन् ।

यसैबीच, खुलामञ्चमा जारी गठबन्धनको रिले अनशनप्रति ऐक्यवद्धता जनाउन नेपाली कांग्रेसकी सांसद आरजु देउवा आउने कार्यक्रम रहेको रामसपाका प्रवक्ता झाले बताउनुभएको छ ।