काठमाडौं, १३ असार । जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।
बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित ग-यो । जिएएको जितमा विकास गुरुङले २२ अंक योगदान गरे । जेभियरका विनेश न्यौपानेले १८ अंक बटुले ।
पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको जिएएले दोश्रोमा पनि अग्रतालाई कायम राख्दै २५–१५ अंक जोड्यो । जिएए तेश्रोमा १६–१७ ले पछि प-यो भने चौथोमा पुनः २५–२३ को अग्रता हासिल ग-यो ।
महिलाको राउन्ड लिगमा प्राइमले जेभियरलाई ३५–१८ ले सहजै हरायो । प्राइमकी लुनिभा सिंहले १२ स्कोर गरिन् । जेभियरबाट साइना मगरले ८ अंक जोडिन् ।
प्राइमले पहिलोमा ९–६ र दोश्रोमा ६–० को प्रदर्शन ग¥यो । त्यस्तै प्राइमले तेश्रोमा ८–१० र चौथोमा १२–२ अंक जोड्यो ।
अरहान्त र अमृत क्वाटरफाइनलमा
अरहान्तकेशर सिंह र अमृत थापा ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अरहान्तले राजेन्द्रमान जोशीलाई ११–२, ११–२ र ११–४ को सोझो सेटमा पराजित गरे । अमृतले विदुर धमलाबाट वाक ओभर पाए ।
सोही स्पर्धाको अन्य खेलमा दिलिप अधिकारीले उमिद शाक्यलाई ६–११, ११–५, ८–११, ११–७ र ११–७, सुरज श्रेष्ठले माधव बाहेटीलाई ११–६, ५–११, ११–८ र १३–११, राजेन्द्र शाक्यले मित्र गुराउलाई ११–७, ११–७ र ११–८, सिबु थापाले राकेश गुप्तालाई ११–८, ११–८ र ११–७ तथा सुगम तुल्सानले निशान्त अग्रवाललाई ११–६, १२–१० र १२–१० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१७ ब्वाइज सिंगल्समा माधव बाहेटी, रोहिन अग्रवाल र विजय मगर सेमिफाइनलमा पुगे । माधवले गोपाल थापालाई ११–५, ११–७ र ११–४, रोहिनले विक्रम मगरलाई ११–३, ११–३, ६–११ र ११–५ तथा विजयले रोशन लामालाई ११–५, ४–११, ११–६ र ११–७ ले निराश पारे ।















प्रतिक्रिया