काठमाडौं, १३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारको अकर्मण्यताले अझै पाँच वर्षसम्म भूकम्प पीडित जनताले राहत नपाउने दाबी गरेका छन् ।
उनले भने- यो सरकारले यही गतिमा काम गरे अझैं ५ वर्षसम्म पीडितलाई राहत रकम उपलब्ध गराउन सक्दैन् ।’
व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै महतले सरकारकै कारण कांग्रेस संसद अवरुद्ध गर्न बाध्य भएको तर्क गरे । उनले भने– ‘यो सरकारले काम केही गरेन्, झुटो आश्वासन मात्रै बाँडिरहेको छ । सरकारकै अकर्मण्यताका कारण संसद बैठक अवरुद्ध गर्न बाध्य भयौं ।’
उनले आफू अर्थमन्त्री भएको बेला विश्व बैंकसँग ऋण सम्झौता गर्दा भूकम्प पीडितलाई चार किस्तामा रकम दिने शर्त स्वीकार गर्दै तर, त्यो फरक सन्दर्भ भएको उल्लेख गरे ।













प्रतिक्रिया