काठमाडौं, २९ साउन । अविरल वर्षामा कारण महोत्तरी र धनुषा जिल्लाको सीमानामा रहेको रातो खोलाको पूल भासिएको छ । उक्त पुल बुधवार राती १२ बजेतिर भासिएको हो ।
पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्द भएको छ । पुल भासिएपछि सयौं सवारीसाधन राजमार्गमा अलपत्र परेका छन् ।
पक्की पूल भासिएपछि पूर्वबाट पश्चिम जाने सवारी साधन धनुषाको लालगढमा रोकिएका छन् । त्यसैगरी पश्चिमबाट पूर्व जाने सवारीसाधन महोत्तरीको बर्दिबासमा रोकिएका छन् ।
पूल भासिएपछि अलपत्र परेका सयौं सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउने बैकल्पिक बाटोको खोजी गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त र जिल्ला प्रहरी प्रमुख एसपी राजप्रसाद श्रेष्ठ पूल भासिएको रातो खोलामा पुगेका छन् ।
वैकल्पिक मार्गका रुपमा जनकपुर–जलेश्वर–बर्दिवास सडकखण्ड सञ्चालन गरी यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ।
















प्रतिक्रिया