काठमाडौं, १३ असार । विश्व फुटबल स्टार एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।
आज बिहान भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग आफूले कप्तानी गरेको अर्जेन्टिना पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरेका हुन् ।
चिलीसँग पराजित हुँदा मेस्सी मैदानमै रोएका थिए । खेल सकिएपछि अर्जेन्टिनाको टेलिभिजनसँग आशु झार्दै कुरा गरेका मेस्सीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरे । ‘मैले राष्ट्रिय टिमका लागि धेरै प्रयास गरे, अब उक्त टिमबाट खेल्न मलाई पुग्यो,’ कुराकानीका क्रममा रुँदै उनले भने ।
२००५ देखि राष्ट्रिय टिममा डेब्यु गरेका २९ वर्षीय मेसीले राष्ट्रिय टोलीबाट ११२ खेल खेलेका छन् ।
उनी स्पेनिस क्लब बार्सिलोनाबाट पनि खेल्दै आएका छन् । उनकै कप्तानीमा अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनलमा पुगेपनि उपाधि जित्न सकिरहेको छैन् ।


















प्रतिक्रिया