काठमाडौं । निर्देशक ऋषिराज आचार्यले फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ नामक फिल्म निर्माण गरेको बताएका छन् । उनले यो फिल्मको ट्रेलर र शीर्ष गीत सार्वजनिक गरेका छन् ।
संगीत पक्ष सबल रहेपनि फिल्ममा प्राविधिक, कथावस्तु र अन्य विषयलाई राम्रोसँग संयोजन गर्न नसकिएको ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’का विषयमा नकारात्मक टिप्पणी आउन सुरू गरेका छन् । फिल्मको ट्रेलरले नै निर्माण पक्षले धेरै गल्ती गरेको छ भनेर देखाएको रङ पत्रकारहरूले टिप्पणी गर्न थालेका छन् ।
फिल्मको गीतमा विपिन आचार्यले संगीत दिएका छन् । शीर्ष गीतमा स्वर माण्डपी त्रिपाठी आचार्य र कालीप्रसाद बास्कोटाले दिएका हुन् ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक ऋषिराज आचार्यले ठूलै गफ लगाए । उनले भने, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केलेमा मैले अहिलेसम्म नेपाली चलचित्र क्षेत्रमा कसैले नउठेको विषयलाई लिएर बनाएको छु ।’
‘सपना तिम्रो मेरो’ र ‘मिस्टेक’ निर्देशन गरेका ऋषि आचार्यले नयाँ फिल्म राम्रो बनेको दाबी गरे । आफ्नै लगानी रहेको आचार्यको यो फिल्ममा सबै नयाँ कलाकार हुन् । अघिल्ला दुई फिल्म बनाएका निर्देशक तथा निर्माता आचार्यले यस पटक नयाँ फिल्म कस्तो बनाएका हुन् त्यो दर्शकले नै निर्णय दिने छन् ।















प्रतिक्रिया