९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री नपाउने भएपछि प्रचण्डलाई ठूलै बेचैनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-Prachand-Sकाठमाडौं, १३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वैशाख २३ गते राति कुन शक्तिकेन्द्रले आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्यो भन्ने कुराले आहिले बेचैनी हुन थालेको छ ।

नेपाली कांग्रेसको भरोसामा नयाँ सरकारको नेतृत्व गर्ने सुनौलो र अप्रत्याशित अवसरबाट प्रचण्ड वञ्चित भएका थिए । तरुण साप्ताहिकले समाचार छापेको छ ।

उनी अहिले पनि त्यही चाहनामा छन्, तर आन्तरिक र बाह्य परिस्थिति उनका लागि अत्यन्तै प्रतिकुल हुँदै गएको छ । यतिसम्म कि प्रचण्ड पार्टीको आन्तरिक दबाब समेत धान्न नसक्ने अवस्थमा पुगेका छन् ।

गत वर्ष असोज २४ गते एमाले अध्यक्ष खड्कप्रसाद ओलीलाई प्रधानमन्त्ती बनाउने अहम् भूमिका खेलेका प्रचण्ड अहिले पनि सरकारको बलियो खम्बा बनिरहेका छन् । अहिले माओवादी केन्द्रले समर्थन झिकिदिनासाथ अर्को सरकार बन्ने निश्चित नभए पनि ओली सरकार ढल्ने चाहिँ निश्चित हुन्छ ।

तर अहिले पार्टीभित्रैबाट प्रचण्डले असुरक्षित महसुस गरिरहेका छन् भने कांग्रेस र एमालेले उनलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने कुनै गुञ्जायस देखिएको छैन ।