१ कार्तिक २०८३, शनिबार

कोरियामा कार्यरत युवाहरुले गठन गरे ‘सुदूरपश्चिम ग्रुप’ दक्षिण कोरिया

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Farwest Group– श्रवण देउवा

धनगढी, १२ असार । सुदूरपश्चिमबाट रोजगारिका शिलशिलामा हाल दक्षिण कोरियामा कार्यरत युवाहरुले ‘सुदूरपश्चिम ग्रुप’ दक्षिण कोरिया गठन गरेका छन् ।

आईतबार दक्षिण कोरियाको खजेदोमा बसेको भेलाले कैलालीको अत्तरिया नगरपालीका ७ मजगाउ निवासी केशव बहादुर बमको अध्यक्षता बसेको बैठकले केशब बहादुर बमकै संयोजकत्वमा एक तदर्थ समिति गठन गरेको हो । समितिको सह संयोजकमा अत्तरिया नगरपालीका ८ बनबेहडाका तेजबहादुर कठायत चयन भएका छन् । समितिको नेपालमा रही संचार क्षेत्र र अन्य प्रशासनिक काम गर्नका लागि कैलालीका पत्रकार श्रवण देउवालाई प्रेस संयोजक तोकेको निर्णय समेत गरेको छ ।

सो तदर्थ समितिमा अहिले २२ जना आबद्ध भएका छन् । सो समितिले दक्षिण कोरियामा सुदूरपश्चिमबाट रोजगारिका शिलशिलामा बसेका युवाहरुले मासिक आर्थिक संकलन गर्ने बताएका छन् । प्रत्यक युवाले प्रति महिनामा २० हजार नेपाली रुपैया आर्थिक संकलन गरि एक कोष खडा गरि नेपाल फर्के पश्चात धनगढीमा व्यबसाय संचालन गरी दिगो रोजगारीको सृजना गरिने संयोजक केशबबहादुर बमले बताए । आईतबारको भेलाबाट मात्रै दुई लाख पचास सहजार संकलन भएको बताईएको छ ।

सो समितिले एक भित्र बर्ष रकम संकलन गरि बित्तीय तथा कृषी क्षत्रमा लगानी गरि आर्थिक सबल बनाउने निर्णय गरेको छ । आईतबार बसेको भेलाले मात्रै दुई लाख नेपाली रकम कोष खडा गरि अर्थिक संकलन गरेको संयोजक बमले बताए । अब चाडै पहिलो बैठकले पुर्ण समिति बनाउने बताईएको छ ।

साथै सो समितिले दक्षिण कोरियामा रहेका सुदूरपश्चिमका नेपालीहरुलाई ग्रुपमा आबद्ध हुन समेत आह्वान गरेको छ ।