२६ कार्तिक २०८३, बिहिबार

पूर्वराष्ट्रपतिको घरभाडा विवाद मिल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran_house

काठमाडौँ, १२ असार । पूर्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैंसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।

धरधनी हरिभक्त विष्टले आजै राष्ट्रपति कार्यालय शीतलनिवासबाट २०७२ कात्तिकदेखि २०७३ असार महिनासम्मको घरभाडा बुझ्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सहायक प्रवक्ता धु्रवप्रसाद अचार्यका अनुसार घरभाडाका लागि कर कट्टीबाहेक रु १२ लाख ३९ हजार ४०० को चेक तयार भइसकेको तर सम्झौताको प्रक्रियागत कार्य बाँकी भएकाले घरधनी विष्टबाट सम्झौतामा हस्ताक्षर भएपछि रकम भुक्तानी गरिनेछ । रासस