२९ आश्विन २०८३, बिहिबार

सुनकोसी ताललाई जोगाए के होला?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunkosi Ko Talकाठमाडौं, २९ साउन । सिन्धुपाल्चोक मांखामा १२ दिनअघि पहिरोले बनाएको सुनकोसी ताललाई तालकै रुपमा जोगाएर पर्यटकीय सम्भावना खोजे के होलारु प्रकोप क्षेत्रमै उद्धार कार्यमा खटिएको नेपाली सेना विस्फोट, ड्रिलिङ र एक्स्काभेटर लगाएर ताल खोल्ने प्रयत्नमा रातोदिन खटिइरहेका छन्।

राजधानीमा यस क्षेत्रका विज्ञहरुले भने नयाँ सम्भावनामा बहस थालेका छन् प्राकृतिक प्रकोपले सिर्जना गरेको सुनकोसी ताललाई यही स्वरुपमा रहन दिएर पर्यटकीयलगायत विकास सम्भावना खोज्न सकिन्छ।

साउन १७ गते शनिबार बिहान मांखा–राम्चे क्षेत्रमा गाउँसहित डाँडो नै खस्दा सुनकोसी थुनिएको थियो। त्यसले बनाएको ताल फुटेर तल्लोतटीय क्षेत्रका बस्तीदेखि भारत बिहारसम्म जनधनको क्षति हुनसक्ने खतरा टार्न तालको पानी निकास दिने प्रयत्न जारी छ।

यही सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक छलफलमा सहभागी विज्ञहरुले भने ताल जोगाउन सकिने सम्भावना खोजेका हुन्।

उनीहरुका अनुसार तालको सबै पानी निखार्न सकिन्न र त्यहाँ थुप्रिएको सबै ढुंगा–माटो पन्छाएर अन्यन्त्र लैजान पनि मुश्किल छ। यस्तो निचोडमा पुगेका सरकारी प्राविधिकहरूले ताल नै कायम राखेर मत्स्यपालनलगायत उद्यम गर्न सकिने र तल्लो तटमा रहेको सुनकोसी जलविद्युत आयोजनाका लागि तालको पानी प्रयोग गरेर थप ऊर्जा निकाल्न सकिने योजना पस्किएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सुनकोसी ल्यान्डसाइड ड्याम स् कारण, परिणाम र गर्नुपर्ने कार्यु विषयक छलफल कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै जलउत्पन्न विभाग, पहिरो शाखाका प्रमुख षण्मुखेश अमात्यले ताल (बाँध) को माथिल्लो तहबाट १७ मिटर गहिराइसम्मका ढुंगा, माटो पन्छाएर बाँकी त्यत्तिकै छाड्नु उचित हुने बताए।

‘बाँधले बनाएको माथ्लो भागबाट करिब १७ मिटर तल अरनिको राजमार्ग छ,’ अमात्यले भने, ‘त्यो सतहसम्मको ढुंगामाटो निकालेपछिको भागलाई त्यत्तिकै राख्न उचित हुन्छ।’

पानीको तलाउमा पुरिएको अरनिको राजमार्ग र करिब त्यही सतहमा रहेको सानिमा हाइड्रोपावरसम्मको ढुंगा, माटो निकालेपछि बाँकी पानी त्यत्तिकै छाड्नुपर्ने प्राविधिकहरूको धारणा छ।

पहिरोले करिब ४७ मिटर अग्लो बाँध बनाएको छ। नदीको पिँधमा करिब ६ सय ५० मिटर चौडा र नदी वारिपारि करिब २ सय मिटर लम्बाइ छ। पहिरोले नदीमा करिब ६५ लाख घनमिटर ढुंगामाटो जम्मा गरेको उनीहरूको आँकडा छ।

विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ साताअघि मांखा पहिरो र त्यसले बनाएको बाँधबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न जल तथा मौसम विज्ञान विभागका निर्देशक ऋषिराम शर्माको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा अमात्यसहित जल तथा मौसम विज्ञान विभागका विज्ञहरू राजेन्द्र शर्मा, गौमराज कर्णिकार, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका अमरदीप रेग्मी र स्वतन्त्र विपदविद मधुकर उपाध्याय छन्।

अमात्यले छलफलमा प्रस्तुत गरेको प्रतिवेदन कार्यदलले बिहीबार विज्ञान प्रविधि मन्त्रालयलाई बुझाउँदैछ।