१ कार्तिक २०८३, आइतबार

चलेका हिरोइन घरजमतिर, को-को ले गरे विहे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

actor-heroine

काठमाडौं । फिल्म त बनाउने, तर हिरो–हिरोइन, कसलाई लिने ? अधिकांश निर्माता, निर्देशकहरू हैरान हुने गरेका छन्। फिल्म निर्माणको क्रम आकासिँदै जानाले चल्तीमा रहेका कलाकारको व्यस्तता पनि उत्तिकै बढिरहेको छ ।

अझ तीमध्येका कलाकार विदेशमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाँदा सुटिङसमेत प्रभावित हुने गरेको छ। प्रमुख अभिनेताभन्दा पनि बढी अभिनेत्रीको अभाव महसुस हुने गरेको छ ।

चल्तीमा रहेका कतिपय हिरोइनले घरजम गरेर गृहस्थी बनेकाले पनि कसलाई हिरोइन लिने भनेर तनाव हुने गरेको छ। एक समय चल्तीमा रहेका अरुणिमा लम्साल र ऋचा घिमिरे बिहे गरेको केही वर्षपछि पतिसहित अमेरिका उडे।

अरुणिमा पति र नाबालिका छोरीसहित अमेरिका उडिन्। निर्देशक पति शंकर र एक छोराका साथ अमेरिका उडेकी ऋचाले त्यहाँ पुगेर थप एक छोरा र हालै एक छोरी जन्माइसकेकी छिन्। कुल तीन सन्तानकी आमा ऋचाको तत्काल स्वदेश फर्कने योजना छैन। अरुणिमा र ऋचाभन्दा निकैअघि अमेरिका उडेकी जल शाहले त्यतै घरजम गरिन्।

स्वदेशमा फिल्म पाइरहेका वेलामा अमेरिका उडेकी जल वेला–वेलामा स्वदेश आउने गरेकी छिन्। एक समयकी चर्चित अभिनेत्री कृष्टि मैनाली मात्रै होइन, सज्जा मैनाली, पूजा चन्द, सारंगा श्रेष्ठ, युना उप्रेती, रञ्जना शर्मालगायत अभिनेत्रीहरू पनि अमेरिकामै रमाइरहेका छन्। पहिला चर्चामा थिइन्, विपना थापा। थुप्रै फिल्ममा कुशल अभिनय गरेका कारण दर्शकले उनलाई सम्झने गर्छन्। उनले ‘वरमाला’ नामक फिल्मका निर्माता भारतीय नागरिक आशुतोष भारद्धाजसँग बिहे गरिन्। भारतको मथुरा बस्दै आएकी विपना वेला–वेलामा काठमाडौं आउने गरेकी छिन्।

तर, फिल्म अभिनयबाट भने उनी टाढै छिन्। सकभर अमेरिका ताक्ने, नभए विदेशी नागरिक तथा एनआरएनसँग लगनगाँठो कसेर ‘भविष्य सुरक्षित’ पारेका अभिनेत्रीहरू पनि थुपै्र छन्। ‘झोला’ फिल्मबाट कुशल अभिनेत्रीका रूपमा चर्चा कमाएकी गरिमा पन्तले पनि एनआरएन पति रोजिन्।

केही समयअघि मात्रै उनले आफूले बिहे गरेको कुरा सार्वजनिक गरिन्। बिपी कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’मा बनेको ‘तीन घुम्ती’ फिल्ममा इन्द्रमायाको चरित्र निर्वाह गरेकी गरिमाको अभिनयको तारिफ हुने गरेको छ। भर्खरै वैवाहिक जीवन सुरु गरेकाले उनी तत्कालै अभिनयमा फर्कने सम्भावना भने न्यून नै छ। पूर्वमिस नेपाल झरना बज्राचार्य जति म्युजिक भिडियोमा सफल थिइन्, त्यसको दाँजोमा उनी फिल्म अभिनयमा सफल भइनन्। उनले अभिनय गरेका कुनै फिल्मले पनि सफलताको दरिलो स्वाद चाख्न पाएनन्। अन्तत: उनले पनि घरजमको बाटो रोजिन्। ‘सेफ ल्यान्डिङ’ नामक फिल्मका सहनिर्माता तथा मलेसियन व्यापारी राहुल अग्रवालसँग गत वर्ष बिहे गरेकी उनी पुन: फिल्म अभिनयमा फर्कने सम्भावना न्यून नै छ।

‘माझी दाइ’, ‘अध्याय’लगायतका फिल्मकी अभिनेत्री तथा मोडल सिम्पल खनालले पनि बिहेको बाटो रोजिन्। म्युजिक भिडियो तथा फिल्म निर्देशक प्रसन्न पौडेलसँगको लामो समयको प्रेमसम्बन्ध तोडेकी सिम्पलले गत वर्षको पुसमा बेलायत निवासी भारतीय मूलका व्यापारी नदिमसँग प्रेमविवाह गरेकी हुन्। पतिका साथ बेलायतमा बस्दै आएकी उनी पनि तत्काल अभिनयमा फर्कने स्थिति देखिँदैन।

– नयाँ पत्रिका दैनिकबाट ।