२८ आश्विन २०८३, बुधबार

विश्वको सबैभन्दा महंगो घडी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghadi-clock

काठमाडौं । विश्वको प्रतिष्ठित तथा सुविधा सम्पन्न घडी निर्माता पटेक फिलिप सन् १९३२ यता स्विजरल्यान्डको जेनेभामा स्टेर्न परिवारले सञ्चालन गर्दै आएको छ । कम्पनीका केहि उच्च कोटीका घडीको मुल्य अहिले प्रतिगोटा ५० लाख अमेरिकी डलरभन्दा महङ्गो पर्छ । टिफानी, टोरनेउ र हेर्नी स्टेर्न जस्तै पटेक फिलिपले पनि विशेषज्ञ डिलरमार्फत विश्वव्यापी रुपमा आफ्ना उत्पादन बिक्री गर्ने गरेको छ ।

पटेक फिलिपले उच्च बर्गलाई लक्षित गरि घडी निर्माण गर्दै आएको छ । कम्पनीले यसमा लगाउने कच्चा पदार्थ पनि उच्च कोटीकै हुन्छ । जेनेरल इलेक्ट्रिकका पुर्व सिइओ तथा अघिल्लो शताब्दिका प्रभावशाली व्यवसायी ज्याक वेल्चले आफ्नो किताबको कभरमा रहेको फोटोमा पटेक फिलिप घडी लगाएका छन् ।

पटेक फिलिपले पुराना घडीको अक्सन र विषेश घडीहरुको कलेक्सन बाहेक बजारमा तत्काल प्रभाव पार्न कुनै आक्रामक प्रचार गर्ने गरेको छैन । विश्लेषकहरु पटेक फिलिपले केहि सिमित संख्यामा विषेश घडी उत्पादन गर्ने विश्लेषकहरु बताउँछन् ।

तथापी सन् २०१३ मा एक अर्ब अमेरिकी डलरभन्दा बढीको घडी बिक्री गर्न कम्पनी सफल भएको छ । विशिष्टता र ब्रान्डमा कुनै कमि हुन नदिइ कम्पनीले बर्षमा हजारौं थान घडी विश्वव्यापी बिक्री गर्छ ।

पटेक फिलिपले तिनैलाई लक्षित गर्छ जसले समय नाप्ने सुइका लागि मात्र नभइ केहि फरक देखिन घडी बाँध्न चाहन्छन् र त्यसमा पहुँच पनि राख्छन् । हो, त्यो सूचीमा अर्बपति र करोडपतिहरु छन् ।

विश्वमा बर्षेनी अर्बपतिका संख्या थपिँदै जाँदा पटेक फिलिपको बजार पनि बढ्दो छ । सन् २०१४ मा फोब्र्सले सार्वजनिक गरेको विश्व अर्बपतिको संख्या एक हजार छ सय ४५ पुगेको छ । यो समग्र संख्यामा मात्र होइन एसिया महादेशमा उदाएका नव अर्वपतिका कारण पनि नयाँ रेकर्ड बन्न पुगेको छ ।

अहिले प्रेसिडेन्टको रुपमा पटेक फिलिपलाई अघि बढाइरहेका थिएरी स्टेर्नले घडी सम्बन्धि प्रसिद्ध पत्रिका होडिन्कीसँग पटेक र फिलिपको बिगत विश्लेषण गर्दै भविश्यका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

‘सबैकुरा गोलो छ, घडीको सन्दर्भमा पनि केहि नौलो छैन, यसको काम घुम्ने हो र घुमिरहन्छ । अहिले सबैले चिनीयाँ ग्राहकका बारेमा कुरा गर्न थालेका छन् । तपाइँ उनीहरु बिना बाँच्न सक्नुहुन्न, तर, उनीहरुसँग मात्र पनि बाँच्न सक्नुहुन्न, यो नै सबै भन्दा महत्वपुर्ण छ कि तपाइँले विश्वव्यापी हुनै पर्छ ।

अहिले धेरै ब्रान्डले चिनीयाँ बजार मात्र हेरि रहेका छन् । चीनको बजार केहि तल माथि भए पनि हामी भाग्यमानी छौं किनभने हाम्रो बजार विश्वव्यापी छ, जहिले म यो पारिवारिक व्यवसायमा आएँ त्यस बेला मध्यपुर्वका ग्राहक थिए त्यस पछि जापान, रसिया हुँदै अहिले चीनसम्म विस्तार भएका छौं । चीनमा बलियो हुन युरोपमा राम्रो बजार लिन सक्नु पर्छ’ उनको भनाइ छ ।

फिलिप स्टेर्न र परिवारको फच्र्युनबारे विश्लेषण गर्न फोब्र्सले कम्पनीका तथ्याङ्कहरुलाई स्वाच, रिचमोन्ट जस्ता सार्वजनिक कारोवार भएका कम्पनीसँग तुलना गरेको छ । त्यसले पटेक फिलिपको शतप्रतिशत सेयर अझै पनि स्टेर्न परिवारसँग रहेको पुष्टि गरेको छ । अहिले कम्पनीको नेटवर्थ तीन अर्ब अमेरिकी डलर बराबर छ । कम्पनीले स्टेर्न परिवारको नेटवर्थबारे भने केहि जानकारी दिएन ।

पटेक फिलिप घडी निर्माता कम्पनी सन् १८३९ मा एन्टोन नोर्वर्ट डे पटेकले स्थापना गरेका हुन् । सन् १८४५ मा जेन एड्रीन फिलिप पनि कम्पनीमा जोडिए । पटेक फिलिपको डिलर सप्लायरको रुपमा काम गरिरहेका दाजुभाइ जेन र चार्लेस स्टेर्नले सन् १९३२ मा कम्पनी अधिग्रहण गरे ।

चार्लेस कम्पनीको अध्यक्ष भए र उनले छोरा हेनरीलाई अमेरिकी बजार बिस्तारका लागि न्युयोर्क पठाए । सन् १९५० र ६० को दशकमा घडीको बजारमा कम्पनीले आफ्नो नाम राख्न सफल भयो ।

हेनरीका छोरा फिलिपले कम्पनीलाई युवा अवस्थामा पुर्याए । उनले ल्याएको क्यालिवर ८९ घडीले विश्वकै विशिष्ट घडीको रुपमा ख्याती कमायो । यो स्मरणीय घडी सन् १९८९ मा कम्पनीको एक सय ५० औं वार्षिकोत्सव मनाउने क्रममा सार्वजनिक गरियो । तेस्रो पुस्ताले पारिवारिक व्यवसाय हाँक्ने सिलसिलामा सन् १९७७ मा फिलिप प्रबन्ध निर्देशक र १९९३ मा प्रेसिडेन्ट नियुक्त भए । सन् २००२ मा पिताको निधन हुँदासम्ममा उनले कम्पनीलाई धेरै उचाइमा पुर्याइ सकेका थिए ।

१९९६ मा उनले सिर्जनात्मक उत्पादनहरुबारेको वर्कशप ‘प्लान–लेस–आउट्स’को कन्सेष्ट ल्याए भने २००१ मा पटेक फिलिप निर्माण गरे । जेनेभाकै सर्बाधिक लोकप्रिय संग्राहलय मध्येमा पर्ने ‘टेम्पल टु वाचमेकर’ पुनर्निमाण गरिएको आर्ट डेको विल्डिङमा अवस्थित छ ।

नक्कलीको हैरानीबाट बच्न सन् २००९ मा फिलिपले पटेक फिलिपका उत्पादनमा पुनः ‘सिल’ लगाउन थाले । आफ्ना उत्पादनको उच्च गुणस्तर निश्चित गर्न यसो गरेको कम्पनीले जनाएको छ

सन् १९७० मा जन्मिएका फिलिपका छोरा थिएरीले सन् १९९० मा कम्पनी जोइन गरे । सुरुमा न्युयोर्कमा बसेर उनले कसरी कम्पनीको बिक्री शुन्यबाट माथि उठ्यो भनेर सिके । सन् २००९ मा ३९ बर्षको उमेरमा उनी कम्पनीको प्रेसिडेन्ट नियुक्त भए ।

फिलिप अहिले पनि कम्पनीको बोर्डमा मानार्थ अध्यक्षको रुपमा छन् र आगामी योजना निर्माणमा सक्रिय हुन्छन् । थिएरी र उनका पिताले धेरै प्रकाशनमा ‘पहिलो र महत्वपुर्ण कुरा स्वतन्त्र रहन सक्नु हो’ भनेर अन्तर्वार्ता दिएका छन् । बजार बिस्तारको लामो यात्रा पछि स्टेर्न परिवारले अर्बपतिको रुपमा यो मेमा कम्पनीको एक सय ७५ औं बार्षिकोत्सव मनाउँदैछ ।