२६ कार्तिक २०८३, बिहिबार

अबरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayangad Muglin Sadakनारायणगढ, १२ असार । पहिरोका कारण शनिबार रातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । सडक खुलेसँगै रोकिएर रहेका सयौँ सवारी साधन र यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

आइतबार बिहान करीव आठ बजे दुईतर्फी नै बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडक बिस्तारको काम भइरहेकाले पानी पर्ने बित्तिकै यो सडकखण्ड अवरुद्ध हुँदै आएको छ । ठूलो पानी परेपछि पहिरोको उच्च जोखिम रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।

उहाँका अनुसार गएको चार महिना दिउँसो चार घण्टा आवतजावत नै बन्द गरेर काम गर्ने गरिएकोमा अहिले आवतजावत नरोके पनि काम भने भइरहेको छ । भूगोलको हिसाबले पनि डाँडा धेरै भएकाले नयाँ कटान गर्दा पानी परे पहिरोको उच्च जोखिम हुने उहाँको भनाई छ ।
पहिरो खस्ने भएकाले यो सडकखण्डमा बाटो तत्काल खुलाउन ६ वटा मेसिन तयारी अवस्थामा राखिएको आयोजनामा प्रमुख यादवले जानकारी दिनुभयो । माथिबाट ढुंगा खस्न रोकिने बित्तिकै पहिरो हटाउने काम भइरहेको पनि उहाँले बताउनुभयो ।