काठमाडौं, १२ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बस्दैछ ।
काठमाडौंको कोटेश्वरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ । बैठकमा सरकारको कामकारबाहीका विषयमा पनि छलफल हुनेछ ।
बैठकमा पार्टी संगठन र जिम्मेवारी बाँडफाँटका विषयमा पनि छलफल हुने बुझिएको छ । बैठक अपरान्ह चार बजे पार्टी कार्यालयमा बस्नेछ ।












प्रतिक्रिया