२६ कार्तिक २०८३, बिहिबार

विनियोजन विधेयकमा छलफल गर्न संसद बैठक बस्दै, कांग्रेसले अबरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsadकाठमाडौं, १२ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अबरोधका कारण स्थगित भएको संसदको बैठक आज पुनः बोलाइएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजेका लागि बोलाइएको सदन बैठकमा आर्थिक वर्ष २०७३/७४ को विनियोजन विधेयकमाथि छलफल हुने कार्यक्रम छ । छलफलमा सांसदहरूले भाग लिँदै आएका छन् ।

उता, विपक्षी दल कांग्रेसले भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिनुपर्ने अडानसहित आजको बैठक पनि अबरोध गर्ने चेतावनी दिएको छ । कांग्रेसले नियमावली संशोधन गरेर भूकम्पपीडितहरूलाई घर बनाउन एकमुष्ट रकम दिनुपर्ने माग राखेको हो ।

प्रधानमन्त्री ओलीले कांग्रेसको माग जायज नरहेको भन्दै अघिल्लो सरकारका पालामा बनेको नियमावलीले दुई लाख दिन नसकिने बताउँदै आउनुभएको छ ।