९ कार्तिक २०८३, सोमबार

गोल्छाका परिवार अर्कैतिर जागिरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Golchha Organatationविराटनगर, १२ असार । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ । उसका ३५ भन्दा धेरै उद्योग छन् ।

तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेका छन् । कारोबार दैनिकले समाचार छापेको छ ।

अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन् । आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन् ।

सामान्य कर्मचारी सरहनै उनीहरू मासिक तलब बुझ्छन् ।

गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औधोगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन् ।

विदेशमा पढाइ पूरा गरेका अभिमन्यू सामसुङ कम्पनीमा र इन्फरमेसन टेक्नोलोजी अन्तर्गत एनिमेशन विधामा ग्याजुएड अनुज्ञा भारतको नयाँ दिल्लीमा जागिरे छन् ।

अनुज्ञा गोल्छा अर्गनाइजेशनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन् ।

अभिमन्यू शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन् । सुरेन्द्रका अर्का भतिजा पनि लण्डनमा पढ्दा त्यहाँको एक सिनेमा हलमा काम गर्थे ।