१ कार्तिक २०८३, शनिबार

युरोकपः स्विट्जरल्याण्डलाई हराउँदै पोल्याण्ड क्वार्टरफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poland-1

काठमाडौं, ११ असार । युरोकप फुटबल अन्तर्गत आजदेखि सुरु भएको नकआउट चरणको पहिलो खेलमा पोल्याण्डले स्विट्जरल्याण्डलाई टाइब्रेकरमा पराजित गरेको छ ।

जितसँगै पोल्याण्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरबाट खेलाइएको खेलमा स्विट्जरल्याण्डले एक गोल मिस गर्दै चार गोल गर्यो भने पोल्याण्डले पाँच वटै गोल गर्यो । र टाइब्रेकर ५–४ को जित निकाल्यो ।

यसअघि पोल्याण्डका जाकुब ब्लासचिकोस्कीले ३९ औं मिनेट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको अन्तिम समय (९० मिनेट)मा साकिरीले बाइसाइकलले गोल फर्काएका थिए ।