३० आश्विन २०८३, शुक्रबार

काँग्रेस संरक्षणमा रहेका सुनसरीका गुण्डा पनि प्रहरीको खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hemkarna-Paudel

सुनसरी, २८ साउन । व्यक्ति अपहरण गरी बन्धक बनाएको आरोप लागी फरार रहँदै आएका गुण्डा हेमकर्ण पौडेल ७ लाख १५ हजार रुपैया धरौटी बुझाएर रिहा भए लगत्तै बुधबार पुनः पक्राउ परेका छन् ।

सुनसरीका जिल्ला न्यायाधिश खडानन्द तिवारीको एकल इजलासले उनलाई बुधबार नै धरौटीमा छाड्न आदेश दिएको थियो।

रिहा भए लगत्तै जिल्ला अदालत इनरुवा परिसरबाटै उनलाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्मासहितको टोलीले सार्वजनिक अपराध अन्तर्गतको मुद्दामा पक्राउ गरेको हो । पौडेललाई पक्राउ गर्न डिएसपी विनोद शर्मा दिउँसोदेखि नै जिल्ला अदालत परिसरमा थिए। उनलाई थुनामा राखी अर्को मुद्धा चलाइने शर्माले जनाए।

२०६९ कात्तिक ७ गते इटहरी ८ का दुर्गा अधिकारीलाई दशैंको नवमीको दिन जूवा खेल्ने क्रममा अपहरण गरी इटहरी–४ स्थित पाँचधारेमा बन्धक बनाएको आरोप पौडेललाई लागेको थियो। आरोप प्रमाणित हुँदै गएपछि प्रहरीले पक्राउ गर्ने डरले म्याद गुजार्न उनी फरार रहँदै आएका थिए।

नेपाली कांग्रेसका इटहरी नगरसभापति समेत रहेका पौडेल र नेविसंघका केन्द्रीय सदस्य सूर्य राईले मिलेर उनलाई नांगो बनाई चुरोटको ठुटाले पोल्दै दाजु तिलक अधिकारीमार्फत् अढाईलाख रुपैया फिरौती र थप अढाइ लाखको कागज गराएर छाडेका भन्दै पीडितले उजुरीमा उल्लेख गरेका थिए ।

फिरौती बुझाएपछि अधिकारीले पौडेल र राईविरुद्ध बारम्बार प्रहरीमा उजुरी दर्ता गर्न खोजेका थिए । प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि अधिकारी अनसन समेत बसेकोमा प्रहरीले अनसन नै बिथोलिदिएको थियो।

त्यसपछि अनसन बस्न नपाएको, उजुरी दर्ता नभएको र प्रहरीले घटनाको बिषयमा पौडेलको पक्षमा लागी आफूमाथि अन्याय गरेको भन्दै अधिकारीले पुनरावेदन अदालतमा परमादेशको माग गर्दै मुद्धा हालेका थिए। अदालतले २०७० फागुन २० गते जिल्ला प्रहरी कार्यालय सुनसरीको नाममा परमादेश जारी गरेपछि घटना भएको डेढ बर्षपछि फागुन २६ गते जिल्ला प्रहरीमा उनको उजुरी दर्ता भएको थियो ।

राजनीतिको आडमा पौडेल र सूर्यले यसअघि पनि दर्जनौं आपराधिक गतिविधि गर्ने गरेका आरोप लाग्दै आएको छ।

प्रहरीमा उजुरी दर्ता भएलगत्तै पौडेल भने सुनसरी छाडेर काठमाडौंका शक्तिकेन्द्रमा पुगेर लिएका थिए। घटनाका अर्का आरोपित नेविसंघका केन्द्रीय सदस्य सूर्य राई केही महिनादेखि ज्यान मार्ने उद्योग अन्तर्गत मोरंग कारागारमा थुनामा छन्।

अपहरणकाण्डपछि पौडेल र राईलाई कारवाही गर्न महासमिति सदस्य वीरेन्द्र कार्की नेतृत्वका पार्टीका स्थानिय नेताहरुले नै माग गर्दै आएका थिए।