१ कार्तिक २०८३, शनिबार

धुर्मस-सुन्तली फाउण्डेसनलाई दुबईबाट साढे २ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Help-dubaiदुबई । सहयोग ठूलो सानो हुँदैन सबै भन्दा ठूलो मन हो ।

अब तपाइको पालो ताकी अरुलाई पनि सहयोग गर्ने पेरणा मिलोस भन्दै दुबई डिउटी प्रि मा काम गर्ने नेपालीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको एकीकृत बस्ति निर्माण अभियानमा आर्थिक सहयोग गरेका छन ।

धुर्मस सुन्तली फाउण्डेसनलाई सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती निर्माणको लागि दुबई डिउटी प्रिमा काम गर्ने नेपालीहरुले दुई लाख साठी हजार नेपालि रुपया अभियानको लागि सहयोग गरेका हुन ।

विनाशकारी महाभूकम्पबाट पिडित भएका पीडितलाई सहयोग अभियान चलाउदै आएको धुर्मस सुन्तली फाउण्डेसनले भूकम्प पीडितको उद्धार र विकासको नमूनाका लागि गिरानचौर एकिकृत बस्ती निर्माण सुरु गरिसकेको छ । थोपा थोपा गरेर अर्थ संकलन भइरहेको यस अभियानमा २ करोड रुपैँया भन्दा धेरै जम्मा भएको फाउण्डेसनले जनाएको छ ।

भूकम्पले ध्वस्त भएका वस्तीहरुबाट काभ्रेपलाञ्चोकमा एउटा सुन्दर एकीकृत नमुना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मस सुन्तली फाउण्डेसनको गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती निर्माण अभियानमा देश तथा विदेशबाट आर्थिक सामाजिक सहयोग आउदै गरेको अभियानका अध्यक्ष सिताराम कट्टेलले जानकारी गराएका छन ।

गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती भूकम्प प्रतिरोधी ६५ बालमैत्री तथा अपाङ्गमैत्री भवन, बगैँचा, बाल उद्यान, सामुदायिक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ ।

बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको अध्यक्ष सिताराम कट्टेलको भनाई छ ।

दुबई डिउटी प्रि मा काम गर्ने पाच सय धेरै नेपालीहरुले यो भन्दा अगाडी पनि भूकम्प आएको समय तथा रास्ट्रिय संकटको समयमा यस्तै आर्थिक सहयोग गर्दै आएका छन ।

धुर्मस सुन्तली फाउण्डेसनले अहिले निर्माणको चरणमा रहेको सिन्धुपाल्चोकको मेलम्चीमा सोही खालको नमूना वस्ती निर्माण गर्ने तयारीका साथ सबैसँग सहयोगको लागि अपिल समेत गरेका छन् ।