काठमाडौं। सिभिल बैक लिमिटेडको असोज २२ गतेदेखि रोक्का भएको सेयर कारोबार सुचारु भएको छ ।
बैंकमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था गाभिएपछि सोमबारबाट सेयर कारोबार सुचारु भएको हो । मर्ज प्रक्रियामा रहेका कारण असोज २२ गतेदेखि तीन वटै संस्थाको सेयर कारोबार रोक्का भएको थियो ।
मर्जर पश्चात नेपाल स्टक एक्सचेञ्जमा बैंकको २ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर सूचिकृत भएको छ । यी तीन संस्थाले एक आपसमा गाभिएर बैशाख १ गतेदेखि संसिभिल बैंकको नाममा संयुक्त कारोबार गरेका थिए ।












प्रतिक्रिया