काठमाडौं, ११ असार । कांग्रेस सांसद रामहरि खतिवडाले संसदको नियमावली उल्लंघन हुनबाट बालबाल बचाइ दिएका छन् ।
शुक्रबारको संसद बैठकलाई संसद नियमावलीको ख्यालै नगरेर चलाउ खोज्दा सभामुख ओनसरी घर्ती र महासचिव मनोहरप्रसाद भट्टराईलाई सांसद खतिवडाले बैठकको प्रावधानबारेमा जानकारी गराई दिएका थिए ।
स्रोतका अनुसार सांसद खतिवडाले संसद नियमावलीअनुसार दुई घण्टासम्म सदन चल्न नसके स्थगित गर्नुपर्ने प्रावधान रहेको जानकारी गराएका हुन् ।
त्यसपछि बल्ल सभामुख घर्ती र महासचिव भट्टराईले संसद निमायमावली मगाएर हेरेका थिए । संसद सचिवालयको लापरवाही भन्ने वा हेलचेक्राइ संसद चलाउन पत्र बनाइ सकिएको स्रोतको भनाइ छ । नयाँ नियमावदीअनुसार संसद बैठक दुई घण्टा बढी समयसम्म चल्न नसकेमा स्थगित गर्नुपर्ने प्रावधान छ ।
सांसद खतिवडाले एकपटकलाई नियमावली उल्लंघन हुनबाट जोगाइदिएपछि सभामुखले संसद बैठक आइतबार बिहान ११ बजेसम्मका लागि सूचना जारी गर्दै स्थगित गर्नुभएको थियो ।
कांग्रेसले संसद अबरोध गरेपछि त्यसलाई खुलाउन प्रधानमन्त्री केपी ओली र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवावीचको वार्ता लम्बिएपछि संसद बैठक प्रभावित भएको थियो ।












प्रतिक्रिया