२६ कार्तिक २०८३, बिहिबार

केआइसिंह राजमार्ग अवरुद्ध, राजमार्ग बीचबाट चिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-ma-Pahiroडोटी, ११ असार । डोटीको लाटामाडौँ गाविस तिलतालिमा आज बिहान ६ बजे आएको बाढीले केआइसिंह राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

आज बिहान ४ बजेदेखि भएको वर्षातले बाढीको रुप लिँदा केआइसिंह राजमार्गको बीचमा चिरेर सडकनै अवरुद्ध भएको छ ।

करिब धनगढीदेखि दीपायलका लागि गुडेका रात्रिबस र दीपायलबाट धनगढीतर्फ गुडेका दिवासेवाका सवारीसाधन तीन घन्टादेखि बाटो अवरुद्ध हुँदा तिलतालिमा नै रोकिएका छन् ।

करिब बिहान ८ः३० बजेदेखि टिपर, ड्रोजरले भत्केको सडकलाई पुर्ने काम गरिरहेको छ । अवरुद्ध सडक खुल्न अझै चार घन्टा लाग्ने प्रहरी चौकी तिलतालिकाका प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीले राससलाई बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् भने नजिकै नास्ताका पसल नहुँदा यात्रु मर्कामा परेका छन् । रासस