वाशिङटन । संयुक्त राज्य अमेरिका वाशिङटन राज्यको सियाटलमा यहीजुन २६ आइतबार नेपाली परम्परागत र लोक संगीतको कार्यक्रम हुने भएको छ ।
‘एनइभिनिङ अफ नेप्लिज म्यूजिक’ (नेपाली संगीतको एक साँझ) नाम दिइएको कार्यक्रममा नेपालका शेर्पा, तामाङ, मगर, गुरुङ, किरात, नेवार लगायतजनजातिको विभिन्न संगीत तथा गीतहरुको प्रश्तुति गर्न लागिएको हो ।
कार्यक्रममा सुभाषराम प्रजापति, मारिए ताकाहासी, सीता गुरुङ, रविन प्रजापति, प्रेम प्रजापति, सुरज डंगोल, संजीव श्रेष्ठ, दीपिका श्रेष्ठ, सुनिल जोशी, अनुशा शर्मालगायत बीस जना कलाकारहरुको प्रस्तुति रहने छ ।
कार्यक्रम ‘संस्कृति सम्वर्द्धनमा युवा (युथफोर कल्चर प्रोमोशन)प्रोजेक्टको एक अंशका रुपमा आयोजना गरिन लागेको उक्त प्रोजेक्टका संस्थापक सुभाषराम प्रजापतिले जानकारी गराए । यस प्रोजेक्टले हालै नेपालमा भूकम्पबाट प्रभावित ६ वटा परम्परागत बाजाखलकहरुलाई बाजा वितरणपनि गरेको थियो ।
युनिभर्सिटी अफ वाशिङटनमा संगीत विषयमा विद्यावारिधि गरिरहेका र नेपाली संगीत संस्कृति सम्वर्द्धनमा लागि परेका प्रजापतिले सियाटलमा हालै पाँच हप्ते नेपाली वाद्यवादन प्रशिक्षण पनि दिएका थिए । उक्त प्रशिक्षणमा दश जना प्रशिक्षार्थीहरुको सहभागिता थियो ।















प्रतिक्रिया