९ कार्तिक २०८३, सोमबार

नेपालमा फेसबुकले अपराध बढाएको खुलासा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebook-sex-e1349829655424काठमाडौं, ११ असार । एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन् ।

अलेच नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोराउने गरेको बताए । राजधानी दैनिकले समाचार छापेको छ ।

‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर र हस्की लिएर बस्छन् । अर्कातिर छोराछोरी रक्सी र वाइनमा लठ्ठ हुन्छन्, अनि घरैबाट सुरु हुन्छ अपराध’, शर्माले इलाममा आयोजित कार्यक्रममा शुक्रबार भने ।

नेपालमा बलात्कार, घरेलु हिंसा, सीमा अपराधजस्ता घटना बृद्धि भएको भन्दै शर्माले त्यसको नियन्त्रणमा सबैले सघाउनुपर्ने बताए ।

उनले अहिले नेपालमा लागुऔषधमा बालबालिकाको संलग्नता पनि बढिरहेको जानकारी दिँदै बालबालिकालाई प्रयोग गरेर पनि अपराध हुने गरेको बताए ।