काठमाडौं । ‘ग्लोबल बर्डन अफ डिजीज’ को पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब २,००० चौध वर्ष मुनिका बालबालिकाहरुको रोकथाम गर्न सकिने खालका चोटपटकबाट अकालमा मृत्यु हुने गरेको छ ।
यसैगरि ३–४ लाख जति अपांग हुने वा अस्पतालमा भर्ना हुनुपर्ने गरि घाइते हुने गरेको र उक्त समस्याको कारण अर्बौ रुपैया बराबरको आर्थिक क्षति तथा अभिभावकहरूमा भावनात्मक पीडा, मानसिक तनाव हुने उक्त अध्यनले जनाएको छ ।
नेपाली बालबालिकाहरूमा चोटपटकको बिषयमा विद्याबारिधि गर्नु भइ हाल युनिभर्सिटी अफ दि वेस्ट अफ् इंगलैंड ब्रिस्टलमा कार्यरत डा पुष्पराज पन्त बालबालिकाहरुको नैसर्गिक अधिकार अनुसार उनीहरु विभेद, शोषण, यौन दुर्ब्यबहार तथा चोटपटकको जोखिमबाट मुक्त रहन पाउनुपर्ने बताउनुहुन्छ ।
डा पन्तका अनुसार नेपालमा १ देखि ४ वर्षका बालबालिकाको मृत्युको तेस्रो कारण आगो वा पोल्नु रहेको छ भने ५ देखि १४ वर्ष समूहमा सडक–यातायात दुर्घटना मृत्युको दोस्रो कारण रहेको छ ।
यसैगरी १५ देखि १९ वर्षका किशोर–किशोरीहरूको मृत्युका प्रमुख तीन कारणहरु क्रमशः आत्महत्या, सडक–यातायात र यान्त्रिक चोटपटक रहेको छ ।
नेपालमा केटाकेटीहरूको चोटपटकको आर्थिक व्ययभार बार्षिक करिब साढे ३ अर्बदेखि ५ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको यस विषयका अनुसन्धानकर्ता डा पन्त बताउनुहुन्छ ।
यस सम्बधि बिस्तृत जानकारी नेपालको कान्तिपुर टिभीमा हालै डा पुष्पराज पन्तसंग गरिएको अन्तरबार्तामा पाउन सकिन्छ। उक्त कार्यक्रम को युटुब लिंक रहेको छ ।
https://www.youtube.com/watch?v=ZWsOtNvA76I&feature=youtu.be













प्रतिक्रिया