१९ कार्तिक २०८३, बिहिबार

बस पल्टिँदा चार घाइते, चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

गौर (रौतहट), १० असार । गण्डक नहरअन्तर्गत रौतहट र बाराको सिमानामा पर्ने अडुवा खोला नजिक ना.४ ख ७८५३ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार चारजना घाइते भएका छन् ।

घाइते हुनेमा रौतहट पथरा बुधराम वडा–२ का राजेश यादव, सोही ठाउँका अमरजित राय यादव, उमेश यादव र पर्सा विश्रामपुर घर भई रौतहटस्थित रामपुरखाप प्रहरी चौकीमा कार्यरत प्रहरी रामेश्वरप्रसाद यादव घाइते भएको प्रहरी चौकी बस वरियाका प्रमुख सुनिलकुमार शर्माले बताउनुभयो ।

घाइते सबैको सिम्रौनगढस्थित पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । रासस