१९ कार्तिक २०८३, बिहिबार

दुवै खुट्टामा किरा परेका वेवारिसे बिरामीको सनाखत

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-birami

डोटी, १० असार । विहीबार डोटीको सानागाउँ गाविसमा फेला परेका दुवै खुट्टामा किरा परेका बेवारिसे बिरामीको सनाखत भएको छ ।

ति बिरामी अछामको दर्ना गाविस ६ काँडाकोटका बासिन्दा रहेको र उनको नाम मेयर सिं लुहार भएको दर्ना–९ अछाम घर भई हाल भारतको बैंग्लोरमा कार्यरत झनक धामीले जानकारी दिएका छन् ।

अन्दाजी ५०–५५ वर्षका देखिने ति नागरिकको दैनिक नेपाल अनलाईनले फोटो सहित समाचार प्रकाशन गरेपछि धामीले दैनिक नेपालकर्मी डोटीका पत्रकार झलक पालीलाई फोन गरी जानकारी दिएका हुन् ।

ति नागरिक दर्ना–६ कै नागरिक भएको फियान नेपाल दिगो कृषि विकास परियोजनामा अछाममा कार्यरत धु्रव सुनारले जानकारी दिएका छन् ।

उनको घरपरिवारलाई तत्काल खबर गरी जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

विहीबार सानागाउँ गाविस ४, मसानघाटमा वेवारिसे छट्पटाईरहेका ति व्यक्तिको सानागाउँ प्रहरीचौकीका ईन्चार्ज असई नवराज अवस्थी नेतृत्वको टोलीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा पुर्याएको थियो ।

उनको जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा रिफर गरिएको भए पनि वारिस कोहि नभेटिंदा अहिले पनि जिल्ला अस्पतालमा वेवारिस छन् ।

मानसिक सन्तुलन नभएका उनी लामो समयदेखि घरपरिवारबाट बाहिरै रहेको बुझिएको छ ।

दुवै खुट्टामा घाउ रहेको र सङ्क्रमण पूरानो भईसकेकाले प्लाष्टिक सर्जरी नै गर्नुपर्न डोटी जिल्ला अस्पताल श्रोतले जनाएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय डोटीमार्फत उनको घरमा खबर भईसकेको छ ।