२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्नै दिएन्! उल्टै दियो चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-650x375

काठमाडौं, १० असार । भूकम्पबाट प्रभावित पीडित जनतालाई राहत दिन सरकारबाट भएको ढिलाईबारे जवाफ मागेको प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिएको छैन् ।

जवाफ दिन विहान ११ बजे नै व्यवस्थापिका संसद भवन पुगेका प्रधानमन्त्री ओली कांग्रेसले सम्बोधन गर्न नदिएपछि परामर्शमा छन् । आफूसँग सहमति नगरी सम्बोधन गरे पुनः अवरोध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीको सम्बोधनमा ढिलाई भएको हो ।

प्रधानमन्त्री ओलीले अहिले कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासँग संसद अबरोध र मागका विषयमा परामर्श गरिरहेका छन् ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवावीच संसदको गतिरोध अन्त्य र कांग्रेसले भूकम्पपीडितका पक्षमा उठाएका मागका विषयमा छलफल भइरहेको हो ।

कांग्रेस सचेतक ईश्वरी न्यौपानेका अनुसार प्रधानमन्त्री ओलीले आफूहरूका मागका विषयमा सभापति देउवासँग परामर्श गरिहेको बताए । ‘कांग्रेसले उठाएका माग सम्बोधन नहुँदासम्म सदन चल्न दिँदैनौं’, न्यौपानेले भने, ‘प्रधानमन्त्रीले सदनमा बोलेर मात्रै कांग्रेसले मान्दैन ।’

कांग्रेसले विपक्षी दलको मागअनुसार भूकम्पबाट प्रभावित पीडित जनतालाई एकमुष्ट दुई लाख रुपियाँ दिनुपर्ने माग राखेको छ ।
मध्य असार भइसकेको अवस्थामा जनताले सरकारबाट पाउने एकमुष्ट दुई लाखबाट धेरै सहयोग मिल्ने सचेतक न्यौपानेले बताए ।

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेसको अडान र सरकारले समस्या समाधानका लागि गरेको आलटालले अहिलेसम्म सदन चल्न नसकेको हो ।