डडेल्धुरा, १० असार । डडेल्धुरा जिल्लामा अहिले सम्मकै उच्च लगानीमा होटेल संचालन गरेका वरिष्ठ संगितकार एव डडेल्धुरा पर्यटन व्यवसायी संघका अध्यक्ष सुदाम थापाले डडेल्धुरा जिल्लामा मुटुरोग अस्पताल आवश्क रहेको र उक्त अस्पताल निर्माणका लागि १ लाख १ हजार ११ रुपैया दिने घोषणा गरेका छन् ।
झण्डै पौने चार करोड रकम बराबरको लगानीमा ग्रिनल्याण्ड स्याउबारी भ्यू टावर होटेल संचालनको उदघाटन कार्यक्रममा थापाले अस्पताल संचालनका लागी पर्यटन व्यवसायी संघ डडेल्धुरामार्फत पहल गर्ने सवै राजनैतिक दल तथा नागरिक समाजले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायी संघका अध्यक्ष थापाले बताए ।
होटेलको औपचारी उदघाटन कार्यक्रममा सभासद ज्ञानु गैरीले डडेल्धुरा जिल्लाको विकास कालागी सुदाम थापा जस्ता युवाहरुको खाँचो रहेको र यस्ता युवाहरुलाई राज्यले समेत सहयोग गर्नु पर्ने बताईन ।
होटेलका प्रबन्धक समेत रहेका थापाले होटेलमाा बस्ने ग्राहकहरुबाट आउने रकमबाट जिल्लाको पर्यटकिय विकासका लागि होटेलले प्रदान गरिरहेको प्रत्येक सेवामा एक रुपैयाँ छुट्याउने पनि घोषणा गर्नु भएको छ ।
युवा पर्यटन व्यवसायी थापाले यो भन्दा पहिले पनि जिल्लामा खेलकुद र पर्यटकिय विकासका लागी १ लाख रुपैया डडेल्धुरामा रंगशाला निर्माणका लागी सहयोग गरेका थिए ।













प्रतिक्रिया