काठमाडौं । एक्सपोज नेपालले एकसाथ तीन सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । सौन्दर्य प्रतियोगिता आयोजनामा अन्तर्राष्ट्रिय छवी बनाउन सफल एक्सपोजले ‘मिस राजधानी २०१६’, ‘मिस्टर राजधानी २०१६’ र ‘मिसेज राजधानी २०१६’ नामक तीन फरक प्रतियोगिता एकसाथ आयोजना गर्न लागेको हो । तीनैजना प्रतियोगिताका लागि एक साथ आवेदन समेत खुल्ला गरिएको छ ।
सुन्दरी छनौंट गर्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको यो एक्सपोजले आयोजना गर्ने यी तीन प्रतियोगितामा युवायुवतीदेखि विवाहित महिलासम्मले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगीमध्य ‘मिस राजधानी’ १५ देखि १९ वर्ष उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्ष उमेरका युवा र , ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाहरुले सहभागिता जनाउन पाउनेछन् ।
युवायुवती साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।















प्रतिक्रिया