१ कार्तिक २०८३, आइतबार

थिएटर मलमा ‘उपियाँको निवन्ध’, अभिनेता अभय बराल फेरि नाटकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upiyako_Nibandha_Poster_Kedकाठमाडौं । सुन्धारास्थित काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा शुक्रबारदेखि नयाँ नाटक मञ्चन हुँदैछ । केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा असार १० गतेदेखि नाटक ‘उपियाँको निबन्ध’ मञ्चन हुँदैछ ।

थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले निर्माण गरेको सो नाटकको तयारी पूरा भएको थिएटरले जनाएको छ । स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपियाँको निबन्ध’ ।

परम्परागत शिक्षकको दवाव, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतु-याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतु-याईपछि शिक्षकको प्रतिक्रिया हो ।

कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ । गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्त्ुतिमा ढाल्दै नाटकले हसाउँछ तर हसाउँदा हसाउँदै र हाँस्दाहाँस्दै विषयको गम्भीरतामा सोच्न ढकढकाउँछ ।

यसपटक विद्यार्थीको भूमिकामा वयस्क कलाकारहरु उत्रेपनि उनीहरुले आफ्नो स्कुले जीवन जिउने प्रयत्न भने गरेका छन् । नाटक बुधबारबाहेक हरेक दिन ५ः३० बजे र शनिबार दिउँसो १ः०० बजे पनि मञ्चन हुनेछ ।

अभिनेता अभय बराल नाटकमा

फिल्म र रंगमञ्चलाई समानान्तर रुपमा अगाडि बढाइरहेका अभिनेता अभय बराल नाटक ‘उपियाँको निबन्ध’मा मुख्य पात्रको भूमिका देखिदैछन् । अध्याय, होस्टेल रिटन्र्सजस्ता फिल्मबाट अभिनयमा चर्चा बटुलेका अभय बरालको रंगमञ्चमा यो सातौं नाटक हो ।

शैली थिएटरबाट अभिनय यात्रा सुरु गरेका उनी थिएटर मल नाटकघरका संस्थापक सदस्य समेत हुन् । उनले यसअघि थिएटर मलमा केदार श्रेष्ठ निर्देशित नाटकहरु ‘बदरंग’, ‘मान भर्सेज मती’मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए ।

अहिले नाटक ‘उपियाँको निवन्ध’मा जुटिरहेका अभय बरालको फिल्म ‘गाठो’ प्रदर्शनको तयारीमा छ ।

नाटकमा अभयसंगै सञ्जिता सञ्जी, जीवन भट्टराई, बिनिता गुरुङ, लक्ष्मी वर्देवा, विजय ताम्राकार, शंकर भण्डारी, प्रकु पाण्डे, राजेन्द्र भट्ट, रोशन सुवेदी, ममता लामिछाने र दिपक चन्दले अभिनय गरेका छन् ।