अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को सन २०१६–१८ कार्यकालका लागि लस एन्जलसका शान्तिराम ढकालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
उनले संस्थाको संस्थागत विकाश, साहित्यिक निरन्तरता, डायस्पोरामा दोस्रो पुस्तामा नेपाली साहित्य पुस्तान्तरण अनि यस संस्थाको एउटा केन्द्रीय कार्यालय स्थायी रुपमा स्थापना गर्ने गराउने अभियानका साथ पदीय पारदर्शिता एवं संस्थागत पारदर्शिताको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
ढकाल अनेसास लस एन्जलस च्याप्टरका अध्यक्षको रूपमा पदमा कार्यरत छन् । उनको कार्यकालमा लस एन्जलस च्याप्टरमा लक्ष्मी जयन्ति, भानु जयन्ति, मासिक साहित्यिक शृंखला लगायत विविध कार्यक्रम सञ्चालन भएको छ भने यस वर्ष च्याप्टरले प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर सम्मेलनको सफलतापुर्वक आयोजना गर्न समेत सफल भएको छ ।
संस्थाको जुलाई ८ देखि १० सम्म अनलाइन निर्वाचन हुने कार्यक्रम रहेको छ । उम्मेदवारहरुको अन्तिम सूची जुलाई १ तारिख सार्वजनिक र जुलाई १० तारिखमा निर्वाचन परिणाम घोषणा गरिनेछ । जुलाई २४ तारिख नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया