२६ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद् बैठकः अफगानिस्तान जान रोक, मृतकका परिवारलाई जनही १० लाख

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-cabinet

काठमाडौं, ९ असार । सरकारले नेपाली नागरिकलाई अफगानिस्तानसहितका चार देशमा जान रोक लगाएको छ ।

अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान, इराक, सिरिया र लिबियामा वैदेशिक रोजगारीका लागि जान प्रतिवन्ध लगाएको हो ।

आन्तरिक द्वन्द्व र आतंकवादी आक्रमण लगायतको जोखिम भएकाले अर्काे निर्णय नभएसम्म चार देशमा रोजगारीमा प्रतिबन्ध लगाउने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए ।

यसैगरी बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०–१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । र, काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । घाइतेको उपचार गर्ने निर्णय पनि भएको छ ।

यसअघि सरकारले नेपालीको शव ल्याउन विमान चार्टर गरेर काबुल पठाएको थियो ।

त्यस्तै, लगानी बोर्डको कार्यकारी निर्देशकमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।