२६ कार्तिक २०८३, बिहिबार

प्रहरीका हाकिमलाई कुट्न खोज्ने नेतालाई बाबुरामले आफ्नो पार्टीमा भित्राए

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiva-chandra-kushwaha

काठमाडौँ, ९ असार । नेपाल प्रहरीका उच्च अधिकारीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका एक मधेशी नेतालाई डा. बाबुराम भट्टराईले आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।

पार्टी कार्यालय बबरमहलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा भट्टराईले सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद् शिवचन्द्र कुशवाहलाई आफ्नो पार्टीमा भित्राएका हुन् । कुशवाह विवादित नेता हुन् ।

गत साउनमा ऐलानी जग्गा विवादका क्रममा बाराको बरियारपुरमा भएको झडपको घटना मिलाउन राखिएको छलफलमा कुशवाहले प्रहरी उपरिक्षक (एसपी) लोकेन्द्रबहादुर मल्ललाई दुर्व्यवहार गरेका थिए । सोही आरोपमा उनलाई प्रहरीले पक्राउ गरी १५ दिनसम्म थुनामा राखेको थियो । यस्तै उनीमाथि महागढीमाई नगरपालिका–८ बरियारपुरस्थित बरैया टोलका एक दर्जन घर तोडफोड गर्दै हटाउन खोजेको आरोप पनि छ ।

कुशवाह पहिलो संविधानसभाको निर्वाचनमा एमाओबादीबाट निर्वाचित सभासद् हुन् ।दोश्रो संविधान सभाको निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी सद्भावना प्रवेश गरेका थिए । त्यहाँ पनि टिक्न नसकेपछि उनी बिहीबारबाट बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा छिरेका हुन् ।