कञ्चनपुर, ९ असार । नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा हरिप्रसाद बोहरा विजयी भएका छन् ।
बिहीबार सभापतिका लागि तिन जना उमेद्बार चुनावी मैदानमा उत्रिए पनि बोहराले पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपनि दोस्रो चरणमा सहमतीय आधारमा बोहरा सभापतिमा निर्वाचित भएका हुन् ।
काँग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत धनसिह कार्कीले सभापतिका दुई प्रतिस्पर्धी पदम बोगटीले बोहरालाई सर्मथन दिएपछि बोहरा सभापतिमा निर्वाचित भएका हुन् ।
बोहराले २४४ मत ल्याएका थिए, विद्यान अनुसार उनलाई पहिलो चरणमा सभापतिमा निर्वाचित हुनका लागि ७ प्रतिशत मत अपुग भएको थियो । सभापतिका अर्का प्रत्यासी पदम बोगटीले १४३ र गोपाल गुरुङले १२८ मत ल्याएका थिए । कुल ५५१ मत खसेका मध्ये ३५ मत बदर भए ।
कञ्चनपुर काँग्रेस सभापतिमा देउवा पक्षका बोहरा र बोगटी एकै पदमा भिडेका थिए । संस्थापनका गुरुङ तेस्रो नम्बरमा परेपछि बोहरा र बोगटीबीच मात्रै दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ । चुनावी चरणमा जानुभन्दा पनि सहमति भन्दै बोगटीले बोहरालाई सर्मथन जनाएका थिए । वडामा हारेका बोहराले बेदकोट नगर हुँदै जिल्ला सभापतिमा विययी यात्रामा पुगेका छन् ।
कतिपय काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले देउवाभित्रको रणनीति भनेका छन् । कञ्चनपुरमा काँग्रेसको १३ औँ महाधिवेन अन्तर्गत भएको जिल्ला अधिवेनमा देउवा पक्षकै नेतृत्व आएको छ ।
निर्वाचित बोहरालाई कार्यकर्ता तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् । सचिव लगायत अन्य पदाधिकारीहरुको मत गणनाको अझै टुङगो लागेको छैन् ।













प्रतिक्रिया