२६ कार्तिक २०८३, बिहिबार

‘गुण्डा नाइके’ जसवन्तलाई प्रहरीले विजुलीबजारमा गोली हान्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jaswont

काठमाडौं, ९ असार । ‘गुण्डा नाइके’ जसवन्त राई भन्ने पूर्ण गुरुङलाई प्रहरीले बिहीबार दिउँसो राजधानीको विजुलीबजारमा गोली हानेर पक्राउ गरेको छ ।

महानगरीय प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा आक्रमण गरेपछि प्रहरीले जवाफी कारवाहीमा २ राउन्ड गोली चलाएको हो ।

उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । प्रहरीको गोली लागी घाइते जसवन्तको वीर अस्पतालमा उपचार भइरहेको छ ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले कालीमाटी, टेकु, कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न जसवन्तविरुद्ध थुप्रै उजुरी परेपछि पक्राउ गरिएको बताए ।

यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका ३० वर्षे जसवन्तले चार दिनअघि मात्रै हप्ता असुलीको रकम नदिएको भन्दै कालीमाटी आसपासका तीन जनालाई कुटपिट गरेका थिए ।

जसवन्त केही सार्वजनिक अपराधका मुद्दामा प्रहरीको फरार सूचीमा रहेको पनि खुल्न आएको छ ।

प्रहरीले घटनास्थलबाट एउटा फलामे रड पनि बरामद गरेको छ ।

तस्वीरः खिलानाथ ढकालबाट ।