१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस कञ्चनपुरको निर्वाचन आज, एउटै गुुटका नेता भिड्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congress-flag– मोहन विष्ट

कञ्चनपुर, ९ असार । नेपाली कांग्रेस कञ्चनपुरको आज निर्वाचन हुन लागेको छ । नयाँ कार्य समिति चयनका लागि बिहान ९ बजेदेखि महेन्द्रनगरमा निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत धनसिह कार्कीले मतदानको सम्पूर्ण तयारी पूरा भईसकेको जानकारी दिनुभयो । उनका अनुसार सभापति सहित विभिन्न पदमा बुधबार ७४ जनाले उमेदवारी दत्र्ता गराएका छन् ।

सभापतिका लागि हरिप्रशाद बोहरा, गोपाल गुरुङ र पदम बोगटीले उमेदवारी दिएका छन् । सचिवका लागि हरेन्द्र विष्ट (होसियार) र दीवार पाण्डेयले उमेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा चार जनाको उमेदवारी परेको छ । शंकर चन्द, भीम थापा, सुरेन्द्र विष्ट र दीपेन्द्र रायले उमेदवारी दर्ता गराएका छन् ।

सभापतिका उमेदवार बोहराको बीर सुनार प्रस्तावक र सुधु तामाङ्गले सर्मथन गरेका छन् । पदम बोगटीको चिन्तामणि भट्ट प्रस्तावक र गणेश सिहले सर्मथन गरेका छन् । सभापतिका अर्का उमेदवार गोपाल गुरुङ्गको सांसदद्वय दिवान सिह विष्ट र तारणी दत्त चटौत प्रस्ताव र सर्मथक बसेका छन् ।