वाशिंगटन डिसी । अमेरिकाका नेपाली मुलका युवाहरुको बिशेष संलग्नता तथा पहलमा आगामी सेप्टेम्बर महिनामा शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना हुने भएको छ ।
शान्तिको लागि भेषभुषा को नारा दिइएको उक्त कार्यक्रम सेप्टेम्बर २५ तारिख न्युयोर्कको प्रसिद्ध गोथाम सभा कक्षमा हुने तय भएको छ ।
विश्व शान्तिको प्रबर्धन फेशनको माध्यम द्वारा भन्ने नारालाई बिशेष महत्व दिइएको उक्त कार्यक्रम अहिले सम्म भेषभुषा प्रदर्शन बिश्व शान्तिको प्रबर्धन भनि नगरिएको आयोजकले दाबी गरेका छन् ।
प्रदर्शनमा बिश्व भरका डिजाइनर तथा मोडलहरु सहभागी हुनेछ । उनीहरुले सयुक्त रुपमा बिश्व शान्तिको संदेश दिने गरि सबैलाई एक थलोमा ल्याइने बताइएको छ ।
अमेरिकामा नेपालीहरुको कार्यक्रम मै इतिहासमै यो कार्यक्रम सबैभन्दा ठूलो हुने छ भन्ने विश्वास गरिएको छ । जसको कारण नेपालको नाम लाई सगरमाथा झैँ उच्च बनाउने विश्वासको साथ नेपाली मुलक युवाहरु अहोरात्र खटिइरहेका छन् ।
विश्व भेषभुषा प्रदर्शन को कार्यक्रम स्थल गोथाम सभा मण्डपको कार्यक्रम स्थलको शुल्क अति चर्को (७० हजार डलर)पर्न जाने भएता पनि आँट गरि अगाडी बढी रहेका छन् ।
डिसी महानगर क्षेत्रमा बसोबास गर्ने विश्व फेशन परेडका रणनीति तथा संचालन निर्देशक निराकार उप्रेतीले यो भनेको स्वप्न मंच हो भने । जहाँ विश्वका भेषभुषा रुपकार तथा नमूना महिला तथा पुरुष सहभागी हुदैछन् । यो बृहत परियोजनालाई सिद्ध गर्न हामी कुनै कसर नछोड्ने प्रतिबद्धता सहित अघि बढी रहेको बताए । उनले अगाडि भने यस्ता बृहत कार्यक्रममा हामी सबै नेपाली समुदायले गर्व गर्नु पर्छ भने ।
विश्व शान्तिको संदेश साथमा लिएर वर्ल्ड फेसन परेडले नेपाललाई प्रबर्धन गर्न योगदान गर्नेछ । वर्ल्ड फेसन परेड नेपाल पर्यटन बोर्डकि सद्भावना दूतको साथ सहभागी हुनेछ । जस्मा नेपालको कला ,संस्कृति ,फेसन तथा पर्यटक क्रियाकलापको प्रदर्शन गरिने भएको छ ।
















प्रतिक्रिया