युएई । मुस्लिम समुदायको महान पर्व रमादानको अवसरमा सेन्चुरी रेमिटले बिशेष उपहार योजना ल्याएको छ ।
युएईमा रहेको अल रुजुकी ईन्टरनेशनल एक्सचेन्जका जुनसुकै शाखाबाट नेपाल पैसा पठाउदा हरेक सेवाग्राहीलाई उपाहार स्वरुप टिसर्ट प्रदान गर्ने भएको छ । यो योजना आगामी ३ महिनासम्म लागु हुनेछ ।
युएईका सातै राज्यका प्रमुख एक्सचेन्ज सेन्टरहरुबाट सेवा प्रदान गरिरहेको सेन्चुरी बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै विदेशबाट नै खाता खोलिदिने, एटिएम तथा चेकबुक उपलब्ध गराउने गर्दै आईरहेको बैंकका युएई प्रमुख नवीन पौडेलले बताउनुभयो ।
बैंकले युएईका विभिन्न कम्पनिहरुमा कार्यरत नेपाली कामदारहरुलाई विदेशमा कमाएको रकम बचत तथा सहि सदुपयोग गर्ने सम्बन्धि जनचेतनाका कार्यक्रमहरु पनि गर्दै आईरहेको पौडेलले जानकारी दिनुभयो ।
सेन्चुरी बैंकको ३१ शाखा कार्यलय, २८ एटिएम , ८ शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेनसन काउन्टर रहेका छन । सेन्चुरी बैंकको उत्पादन सेन्चुरी रेमिटको ग्राहकहरुले विश्वका विभिन्न मुलकहरुमा रेमिट्यान्स सेवा लिदै आईरहेका छन् ।















प्रतिक्रिया