३१ आश्विन २०८३, शनिबार

कांग्रेसमा कुटाकुट, पौडेलले रोक्नै सकेनन्

112.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kutai
काठमाडौं, ८ असार । नेपाली कांग्रेसका कार्यकर्ताबीच सार्वजनिक कार्यक्रममै झडप भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघका नेताहरुबिच कुटाकुट भएको हो ।

कार्यक्रम पनि पौडेल समूहकै थियो । एकै समूहका नेताहरु आपसमा भिडेका हुन् ।

कुटाकुटबाट नेविसंघका केन्द्रीय सदस्य इन्दु शर्मा घाइते भएका छन् । नेवि संघको नीति तथा कार्यक्रम र शैक्षिक एजेन्डाको बारेमा भएको कार्यक्रममा शर्माले फरक फरक धारका व्यक्तिहरुलाई पनि बोल्न दिनुपर्छ भनेपछि झडप भएको थियो ।

नेविसंघका कार्यवाहक सभापति सानु महर्जन, काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्य र नेविसंघका नेता ऋषिकेश जंग शाहले आफूमाथि हातपात गरेको पीडित शर्माले बताए । ‘महर्जन पक्षले एकलौटी ढंगले कार्यक्रम गरेपछि मैले त्यसो नगरौं भनेँ’ काठमाडौंको मोडल अस्पतालमा उपचार गराइरहेका शर्माले भने, ‘उनीहरुले उल्टै मलाई कुटपिट गरे ।’

कुटाकुट हुँदा पौडेल त्यही भएपनि रोक्न सकेनन् । उनले वेवास्ता गर्दा धेरैले कुटाइ खाए । नेविसंघका नेताहरु हाल महाधिवेशनको तयारीमा लागेका छन् ।