काठमाडौं, ८ असार । राजधानीको बाजबजारमा एक महिलामाथि दिउँसै खुकुरी प्रहार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–३१ बागबजार बस्ने २१ वर्षीया शुष्मा थामी थापालाई चक्कु प्रहार गरी घाइते बनाउने उनकै श्रीमान २५ वर्षीय ढलकबहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले घरायसी बिवादका कारण बाटोमा हिँडिरहेको अवस्थामा शुष्मालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि मोडेल अस्पताल बागबजार पठाइएको छ ।













प्रतिक्रिया