३० आश्विन २०८३, शुक्रबार

दूषित पानीका कारण पाल्पामा झाडाबान्ताका बिरामी बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nurs-nani

पाल्पा, २८ साउन । दूषित पानी प्रयोगका कारण पाल्पाको सिद्देश्वर गाविस ४ र ५ का कतिपय स्थानीयवासी झाडाबान्ताले बिरामी परेका छन् ।

जनस्वास्थ्य कार्यालय पाल्पाका माधव ज्ञवालीले झाडाबान्ताबाट बिरामी हुनेको सङ्ख्या २० जना पुगेको जानकारी दिनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय तानसेन र इलाका हेल्थपोस्ट छहराबाट डाक्टरसहित स्वास्थ्यकर्मीको टोली अहिले झाडापखाला प्रभावित क्षेत्रमा उपचारका लागि खटिएको उहाँको भनाई छ ।

मङ्गलबारदेखि सिद्देश्वर गाविसका स्थानीयवासीमा एक्कासि पखाला र बान्ता सुरु भएको स्थानीयले बताएका छन् । जिल्ला सदरमुकाम तानसेनदेखि झाडाबान्ता प्रभावित क्षेत्र झन्डै ४० किलोमिटर पश्चिममा पर्दछ ।