१ कार्तिक २०८३, शनिबार

मेस्सीको अर्काे किर्तिमान, अमेरिकालाई हराउँदै अर्जेन्टिना फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi

काठमाडौं, ८ असार । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइलमा प्रवेश गरेको छ ।

यो खेलमा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले नयाँ किर्तिमान राखेका छन् ।

बुधबार विहान अमेरिकाको टेक्सामा भएको खेलमा घरेलु टोली अमेरिका विरुद्ध ४–० को फराकिलो जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान पक्का गरेको हो । अब उसले उपाधिका लागि कोलम्बिया र चिलीबीचको बिजेतासँग खेल्नु पर्नेछ ।

Argentina1-2

लियोनल मेस्सीले अर्जेन्टिनाको लागि गोलको किर्तिमान राखेको खेलमा मेस्सी, लाभाजी र हिगुइनले गोल गरेका थिए ।

खेलको पहिलो ३ मिनेटमा नै लाभाजिले हेड मार्फत अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा पाएको फ्रि किकमा उत्कृष्ठ गोल गर्दै मेस्सीले ५५ गोलको किर्तिमान राखेका हुन् । दोस्रो हाफको ५० औं र ८६ औं मिनेटमा हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई उपाधि नजिक पुगाए ।