२८ आश्विन २०८३, बुधबार

दुर्घटनामा घाइते पत्रकारलाई अमेरिकाबाट ३ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brtnepal_20140731111602_neaja Sahayog apil

अमेरिका २८, साउन । नेपाल अमेरिका पत्रकार संघ, नेजाले घाइते आर्थिक पत्रकारद्धय मोदनाथ ढकाल र किरण अधिकारीको उपचार सहयोगार्थ ३ हजार १ सय अमेरिकी डलर सहयोग गरेको छ ।

संघले संकलन भएको रकम मंगलबार नेपाल आर्थिक पत्रकार समाज सेजनका निवर्तमान अध्यक्ष प्रदीप चापागाईंलाई पठाइसकेको छ । उक्त रकम नेपाल पत्रकार महासंघको समन्वयमा सेजनलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

संघले सदस्य मधुकर अधिकारीको संयोजकत्वमा भोला आचार्य, सुदर्शन ओली र रामचन्द्र भट्टसहितको एक समिति गठन गरेर आर्थिक सहयोगका लागि अमेरिकामा बस्ने नेपालीहरुलाई आहृवान गरेको थियो ।

गत जुलाई २६ तारिखमा नगरकोटबाट राजधानी र्फकने क्रममा पत्रकारद्धय ढकाल र अधिकारी बस दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । दुबै पत्रकारको अहिले ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा क्रियाशील पत्रकारहरुलाई ठुलो रोग लागेमा तथा आकस्मिक दुर्घटनामा परेमा संघले विभिन्न प्रकारले सहयोग गर्दै आएको छ । आफ्ना सदस्यहरु तथा सुभेच्छुकहरुको समेत सहयोगमा संकलन गरिएको सहयोग पीडित पत्रकारका लागि सानो मानवीय सहयोग हुने विश्वास संघले लिएको छ ।