३० आश्विन २०८३, शुक्रबार

हाम्रो जवानी उम्लिएको छैन : सुरज र साहना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahana-bajracharya-surajकाठमाडौं, २८ साउन । अनुचित कार्यका कारण कान्तिपुर टेलिभिजनबाट जागिर गुमाएका भनिएका मिडियाकर्मीद्वय सुरज गिरी तथा साहना वर्जाचार्यले आफूविरुद्ध आएको समाचारको सफाइ दिएका छन् ।

गाडीमै अनुचित कार्य गर्दागर्दै मध्यरातमा पक्राउ परेको समाचार सार्वजनिक भएभएपछि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरु दुवैले आफूहरुले कुनै अनुचित कार्य नगरेको भन्दै संचारमाध्यममा आएको समाचारको खण्डन गरेका छन् ।

साउन १२ गते व्यवसायिक कामका क्रममा चितवन पुगेर फर्कने क्रममा गिरीले मापसे सेवन गरेको कारण प्रहरी कारवाहीमा परेको विज्ञप्तिमा जनाइएको छ ।

चितवनको टाँडीमा पंचर भएको टायर फेर्ने क्रममा प्रहरी आएको र परिक्षण गर्दा सुरज गिरीले मापसे गरेको हुँदा कारवाही गरिएको बताइएको छ । समाचारमा आएजस्तो न त हाम्रो जवानी उम्लिएको नै हो, न त हामीले जवानी बिसाएका हौँ । हामी दुई मिल्ने साथी हौं । विज्ञप्तिमा उनीहरुको दाबी छ ।

यस विषयमा प्रनाउ शान्तिराम कोइरालाले एभिन्युज टेलिभिजनमा दिएको बयानले पनि आफूहरुले कुनै अनुचित क्रियाकलाप नगरेको पुष्टि हुने विज्ञप्तिमा भनिएको छ । समाचारले आफूप्रति पुर्याएको क्षतिको कानुनी उपचार खोज्ने उनीहरुले बताएका छन् । यसअघि गाडीमै अनुचित कार्य गर्दागर्दै सुरज र साहना मध्यरातमा पक्राउ परेको समाचार सार्वजनिक भएको थियो ।

यस्तो छ विज्ञप्ति

press-release-suraj-sahana

यो पनि पढ्नुहोस:

सहानाले गाडीमैं जवानी सेलाएपछि…