३१ आश्विन २०८३, शनिबार

छात्राको प्रेममा परेका शिक्षकले आफूलाई सम्हाल्न नसक्दा… (फोटो फिचरसहित)

55.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-Hatya-kand

– झलक पाली

डोटी, ७ असार । डोटीको पचनाली गाविस ६ तल्कोटकी २० वर्षे युवती मिना साउँदलाई गोली प्रहार गरी हत्या गर्ने अभियुक्तलाई प्रहरीले मंगलबार हातहतियारसहित सार्वजनिक गरेको छ ।

गत जेठ २८ गते राती साढे आठ बजेको समयमा आफ्नै घरमा चाउचाउ पकाउँदै गरेकी मिनालाई गोली हानी हत्या गर्ने शर्माली गाविस १ बैतडीका ३७ वर्षे लालबहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय डोटीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रेम सम्बन्धमा आएको खटपटकै कारण लालबहादुरले मिनाको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको डोटीका प्रहरी प्रमूख एसपी दिल्लीराज बिष्टले बताए । उनले भने- ‘विस २०६८ सालबाट लालबहादुर मिनाको घरमा बस्दै आएका र दुई जनाबीच प्रेमसम्बन्ध रहेको तर झण्डै डेढ वर्षदेखि सम्बन्धमा खट्पट आएकै कारण प्रतिशोध साँध्न गोली हानी हत्या गरेको खुल्न आएको छ ।’

Doti-mina-saud
मृतक मिनालाई गोली यसरी लागेको थियो

डोटीका प्रहरी नायव उपरिक्षक (डिएसपी) उद्धवदेव भट्टको संयोजकत्वमा १० सदस्यिय प्रहरी टोलीले विशेष अनुसन्धान गरि हत्यारालाई सोमबार पक्राउ गर्न सफल भएको थियो ।

लालबहादुर विस २०६८ देखि डोटीकै हरिहर उच्च माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा राहत दरबन्दीमा कार्यरत रहेको र मिनाकै घरमा डेरा गरी बस्दै आएका थिए ।

Doti-Lalbhadur-chand
हत्यारा लालबहादुर चन्द

मिना कक्षा नौमा पढ्दा देखि नै लालबहादुर उनको घरमा डेरा गरी बसेको र उन्लाई ट्युशन पढाउँदादेखि नै ति दुई जनाबिच प्रेम सम्बन्ध जोडिएको भएपनि उच्च माध्यमिक तहको पढाईका लागि मिना धनगढी गईसकेपछि झण्डै डेढ वर्षदेखि सम्बन्ध विग्रिसकेको बुझिन आएको छ ।

हाल धनगढीको एसपीए कलेजमा ब्याचलर प्रथम वर्षमा पढ्दै गरेकी मिनाको सोहि क्याम्पसमा पढ्ने अर्कै केटासँग प्रेम सम्बन्ध जोडिएपछि लालबहादुर र मिनाबिच सम्बन्ध चिसिएको थियो ।

मिनाको घरमा डेरामा बसेदेखि मिनाकै लागि झण्डै ४ लाख आफुले खर्च गरिसकेको र आफुसँगको प्रेम सम्बन्ध विग्रिएपछि एक वर्षदेखि हतियारको जोहो गरी मिनाको हत्या गरेको लालबहादुरले पत्रकार सम्मेलनमै बयान दिए ।

हत्यारा लालबहादुरको साथबाट प्रहरीले दुई थान हतियार र गोलीहरु समेत बरामद गरेको छ ।

उनको साथबाट एक थान रिभल्भर र एक थान आधुनिक पेस्तोल र रिभल्वरका गोलीहरु समेत प्रहरीले सार्वजनिक गरेको छ ।

शुरुमा एक इण्डियन कपडा व्यापारीसँग १५ हजारमा रिभल्वर र त्यसमा लाग्ने गोली खरिद गरेको तर उक्त हतियारले काम नगरेपछि कञ्चनपुरको पुनर्वासबाट ८५ हजारमा अर्काे पेस्तोल खरिद गरेको बुझिन आएको प्रहरीले जनाएको छ ।

पहिले किनेको हतियारले काम नगरेपछि बनाउनका लागि कुनै ठाउँमा लगेको सूचनाका आधारमा पक्राउ गर्न सहज भएको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरिक्षक भट्टले बताए । यद्यपी उक्त ठाउँ प्रहरीले सार्वजनिक गरेको छैन । लालबहादुरले दोश्रो हतियार कहाँबाट भित्र्याएको भन्ने विषय पनि प्रहरीले तत्कालका लागि सार्वजनिक नगर्ने जनाएको छ ।

हत्याराबाट बरामद गरिएका हातहतियार र खरखजानाहरु
हत्याराबाट बरामद गरिएका हातहतियार र खरखजानाहरु

हत्यारा पक्राउ गर्न नेपाल प्रहरी सफल भएकाले डोटीमा आगामी दिनमा यस्ता आपराधिक घटनामा कमि आउने डोटीका प्रहरी उपरिक्षक बिष्टले विश्वास दिलाए ।

मिनाका हत्यारा लालबहादुरले गोली प्रहार गरेपछि घाईते मिनालाई स्थानीयसँगै राजपुरको सुजङ्ग हस्पिटल ल्याउनमा पनि सघाएका थिए भने मिनाको अन्तिम सँस्कारका लागि मलामी समेत बनेका थिए ।

हत्यारा लालबहादुरलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाईने एवं घटना र हातहतियारबारे थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।