१ कार्तिक २०८३, शनिबार

दोस्रो ओएनएफ कप भलिबल टुर्नामेन्ट तयारी पूरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

volleyball-e1424940502682

कोपनहेगन । प्रवासी नेपाली मञ्च डेनमार्कद्धारा जुन २५ र २६ मा कोपनहेगनको कोर्सगेल हलनमा आयोजित दोस्रो ओएनएफ कप भलिवल टुर्नामेन्ट तयारी पूरा भएको छ ।

प्रवासी नेपाली मंच (ओएनएनफ) डेनमार्कका महासचिव दिपक पाण्डेय मंगलबार एक विज्ञप्ति जारी प्रतियोगिताको तयारी लगभग पूरा भएको बताएका छन् ।

उनका अनुसार यस टुर्नामेण्टमा पुरुषतर्फ छ टिम र महिलातर्फ ४ टिमले प्रतिस्पर्धाको लागि नाम दर्ता गराएका छन् ।

खेलको प्रारम्भ कोपेन हेगेन कोर्सगेल हलनमा जुन २५ शनिवार दिनको ११ बजेबाट हुनेछ । पहिलो दिन पुरुषतर्फ समुह चरणका सबै ६ बटा म्याच र महिला तर्फ ४ म्याच गरि १० बाट म्याच हुनेछ ।

दोस्रो दिन जुन २६ आइतवार दिनको १२ बजेबाट प्रारम्भ हुने खेलमा पुरुष तर्फका सेमीफाइनलहरु, फाइनल तथा तृतीय स्थानको लागि गरि ४ खेल तथा महिला तर्फका बाँकी २ खेल गरि ६ बटा खेलहरु हुने र खेलहरुको सम्पन्न भए लगत्तै सोही स्थानमा कार्यक्रमको समापन तथा पुरुस्कार वितरण समारोह हुने कार्यक्रम समय तालिका निर्धारण भएको छ ।

विजयी तथा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरुको लागि कप, मेडल, प्रमाण पत्र तथा नगद पुरुस्कार प्रदान गरिने छ । नगद पुरुस्कारहरुमा महिला पुरुष दुवैतर्फ प्रथम स्थान हासिल गर्ने टिमले तीन हजार डेनिश क्रोनर, द्वितीय हुनेले दुई हजार क्रोनर, तृतीयले एक हजार पाँच सय क्रोनर, अनुशासित टिम, (पुरुष तर्फ मात्र)ले एक हजार क्रोनर प्राप्त गर्नेछन । साथै दुवैतर्फ उत्कृृष्ट खेलाडि, उत्कृष्ट स्पाईकर तथा उत्कृष्ट सेटरहरुले पाँच, पाँच सय डेनिस क्रोनर प्राप्त गर्नेछन । अधिकाँस पुरुस्कार राशीको लागि, लाइका मोबाइल, टर्किस एयरलाइन्स, स्थानीय नेपाली व्यवसायीहरु तथा महानुभावहरुबाट सहयोग सौजन्यता उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको ओएनएफ डेनमार्कले विज्ञप्तिमार्फत जनाएको छ ।

संकलित रकमबाट खर्च कटाएर बचेको रकमा नेपलमा भूकम्प अति प्रभावित क्षेत्रका स्कुले बच्चाहरूको सहयोगार्थ हुने जानकारी पनि आयोजकले गराएको छ र खेल हरिदिन आग्रह समेत गरेको छ ।